Like us!
Follow us!
Connect us!
Watch us!

आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १७ : ०३ मा प्रकाशित

आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस

स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियुक्त भएका छन्।

विश्व श्रमबजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथामार्फत उनीहरुका घरआँगन र परिवारसम्मै पुर्याउन मद्दत गर्नेछन्।

नेपाली माटोमा सिकेको सीप र क्षमतालाई विश्वबजारमा पुर्याएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका वहन गर्ने नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न सकिनेछ।   

नेपाली कथा वाचनमा छुट्टै आयाम थप्न सफल साइग्रेस देश तथा विदेशमा चर्चा कमाइसकेका युवा अभियन्ता हुन्। सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साइग्रेसले अब विश्वका हरेक कुनामा रहेका  नेपालीका  भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन्।

साइग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीलाई कम्पनीका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्रामलगायतका सन्जालमा पोष्ट गरिने कम्पनीका महाप्रबन्धक बद्री कटवालले बताए। कम्पनीले हाल २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो रूपले वितरण गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको