Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १० : २३ मा प्रकाशित

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि निष्कासन गरिरहेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

जुन आईपीओमा आज फागुन ५ गते कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले आफ्‌नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर पहिलो चरणमा निष्कासन गरिरहेको छ।

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मात्रैआवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको