Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम दिनसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १० : ४३ मा प्रकाशित

अन्तिम दिनसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिन चैत ३ गतेसम्ममा १६ गुणा बढी आवेदन परेको छ।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ हो।

कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। 

कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको