Like us!
Follow us!
Connect us!
Watch us!

फागुन २७ देखि ओम मेगाश्री फर्मास्यूटिकल्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १० : ५० मा प्रकाशित

फागुन २७ देखि ओम मेगाश्री फर्मास्यूटिकल्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो। जसमध्येबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

यसरी कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आवेदन अवधि छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते निष्कासन बन्द हुने भनिएको भए तापनि अहिलेको अवस्थामा आम नागरिकले आईपीमो देखाएको चासो र परिरहेको आवेदनलाई हेर्दा चैत ३ गतेभित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको