Like us!
Follow us!
Connect us!
Watch us!

आइफोन  सेभेन तीन दिनमै १८ सय वटा विके

विहीबार, १६ मंसिर २०७३, ११ : २७ मा प्रकाशित

आइफोन  सेभेन तीन दिनमै १८ सय वटा विके

अर्थ संसार
काठमाडौं–जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले आइफोन सेभेन र आइफोन सेभेन प्लस ३ दिनमा १  हजार ८ सय ३० सेट बिक्री गरेको जनाएको छ । 

कम्पनीले एप्पलका उत्पादनहरु विक्री गर्दै आएको छ । जेनरेसन नेक्स्टले नेपालमा एप्पलको आइफोनहरु तथा एप्पलका उत्पादनहरु म्याकबुक, आइप्याड एयर बिक्री गर्ने आफूमात्र आधिकारिक विक्रेता भएको दावी गरेको छ । विश्वबजारमा निकै चर्चा कमाएको आइफोन नेपाली बजारमा समेत अत्यधिक मन पराईएको सेटमा पर्छ । 

कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्न आधिकारिक बितरकबाट मात्र किन्न सबैलाई आग्रह गरेको छ । इभो स्टोर, फ्युचर वल्र्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटल एप्पलका आधिकारिक बिक्रेता हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको