Like us!
Follow us!
Connect us!
Watch us!

०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउँछ - योगेश भट्टराई

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, ११ : ३५ मा प्रकाशित

०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउँछ - योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

'संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छ', उनले भने, 'यो  हाम्रो दाबी हो ।' उनले अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने पनि बताए । त्यसपछि दुवै दल आ-आफ्नै तरिकाले चुनाव लड्ने उनको भनाइ छ । 

'अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ।  आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ। समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ' उनले भने । 

सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उनले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । उनले भने–'हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ।  सबैले अध्यादेशलाई राम्रो मानेका छन् । रोजगारीका अवसर सिर्जना हुने छ । 'अध्यादेश जसरी पनि पास हुने उनको भनाइ छ ।  भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनले जिकिर गरे । सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागि रहेको उल्लेख गर्दै उनले भने 'हाम्रो चाहना निषेध हैन नियमन हो । फेसबुक, युट्युबबाट क्राइम भएको छ त्यसलाई नियन्त्रण कसरी गर्ने ? त्यसैले दर्ता गरेर चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।'

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको