Like us!
Follow us!
Connect us!
Watch us!

राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् - याेगेश भट्टराई

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, ११ : ४७ मा प्रकाशित

राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् - याेगेश भट्टराई

नेकपा एमाले नेता याेगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे  । जनताले फ्याँकिसकेकाे राजतन्त्र अब फर्कन नसक्ने पनि उनको दाबी छ।

आज बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो, फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन ।' 'उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो ।'

उनले भने, दरबार हत्याकाण्ड हामीले गरेको हो र ? भन्दै प्रश्न समेत गरे। दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उनको भनाइ छ। 'अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको