Like us!
Follow us!
Connect us!
Watch us!

हुलासको 'प्रिमियम एल्म्युमिनियम स्काइलाइन प्रोफाइल' नेपाली बजारमा

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १६ : ४४ मा प्रकाशित

हुलासको 'प्रिमियम एल्म्युमिनियम स्काइलाइन प्रोफाइल' नेपाली बजारमा

नेपालको प्रतिष्ठित औद्योगिक समूह हुलास स्टिल इन्डष्ट्रिजले आफ्ना उपभोक्ताहरूका लागि उच्च गुणस्तरीय हुलास प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइल लन्च गरेको छ ।

नेपालको प्रतिष्ठित औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाईजेशन अन्र्तगतको हुलास स्टिल ईन्डष्ट्रिज लिमिटेड ले विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु विगत ४३ वर्ष देखि उत्पादन गरी स्वदेशी तथा विदेशमा बिक्रि वितरण गर्दै आईरहेको अवस्थामा समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा आफ्ना सम्पुर्ण उपभोक्ताहरूका लागि प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइल हरु उत्पादन गरी मिति २०८१ फाल्गुण ८ गते देखि संचालन हुने Nepal Buildcon Expo-Stall No.B-H2 मा Launch गरेको छ । 

हुलास स्टिल ईन्डष्ट्रिज लिमिटेड ले तपसिलमा उल्लेखित सात प्रकारका  प्रिमियम एल्म्युमिनियम स्काइ लाइन प्रोफाइलहरु बजारमा ल्याएको छ । 

H-50mm Casement Door – बलियो संरचना र सौन्दर्यपूर्ण डिजाइनका साथ उच्च टिकाउ ढोका ।

H-50mm Casement Window – आधुनिक र आकर्षक डिजाइन सहितको झ्याल ।

H-50mm Tilt & Turn Window – सजिलो अपरेशन र हावाको प्रवाह नियन्त्रण गर्ने सुविधा सहितको झ्याल ।

H-25mm Sliding Window – न्यूनतम मर्मत आवश्यक पर्ने हलुका र टिकाउ झ्याल ।

H-29mm Sliding Window –आधुनिकता र सुलभ प्रयोगका लागि उत्कृष्ट झ्याल ।

H-25mm Slim Sliding Window – कम ठाउँमा पनि प्रभावकारीरूपमा फिट हुने झ्याल ।

H-29mm Slim Sliding Window – विशेष गरी सानाठूला सबै प्रकारका भवनहरूका लागि उपयुक्त ।

हुलास प्रिमियम एल्म्युमिनियमको स्काइ लाइन प्रोफाइलहरु गुणस्तरीय कच्चा पदार्थ एल्म्युमिनियमबाट अत्याधुनिक प्रविधियुक्त उपकरणहरुबाट उत्पादन गरिने हुंदा उच्च सुरक्षा, तापमान सहनशीलता र ध्वनि प्रतिरोधात्मक विशेषता हुने भएको हुनाले घर, अफिस, होटेल, रिसोर्ट, व्यावसायिक भवन तथा औद्योगिक संरचनाहरूका लागि अत्यन्त राम्रो गुणस्तरीय हार्डवेयर भएको हामीले विश्वास राखेका छौं ।

मर्मतसंभार खर्चमा कमी आउने र वातावरणमैत्री गुणहरूका कारण सम्पुर्ण उपभोक्ताहरूका लागि सबैभन्दा उपयुक्त छ । साथै हुलास स्टिल ईन्डष्ट्रिज लिमिटेड ले यसलाई प्रिमियम एल्म्युमिनियम सिस्टमको रुपमा आमउपभोक्ता महानुभावहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेकोछ । साथै सम्पुर्ण Aluminium Fabricators हरु यस हुलास स्टिल ईन्डष्ट्रिज लिमिटेडको Authorized Fabricators को रुपमा आवद्ध हुनु भई गुणस्तरीय उत्पादनहरुको प्रयोग गर्न समेत हामीले आव्हन गरेका छौं । 

हुलास स्टिल इन्डष्ट्रिज लिमिटेड ले विश्वस्तरीय उत्पादन गुणस्तर कायम गर्दै ग्राहकहरूको आवश्यकता अनुरूप निरन्तर नयाँ प्रविधि तथा डिजाइनहरू समावेश गर्दै आएको छ र भविष्यमा पनि सोही अनुसार हाम्रा आमउपभोक्त महानुभावहरुका लागी गुणस्तरीय उत्पादनहरु उत्पादन गरी बिक्रि वितरण गर्नेछौं ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको