नेपाल राष्ट्र बैंकले मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज गरेको छ ।
केन्द्रीय बैंकले यस कम्पनीको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै इजाजतपत्र खारेज गरेको हो ।
‘यो वालेटले लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेकाले यसको इजाजतपत्र खारेज गरिएको हो ।'केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ
राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएका व्यवहोरासहितको सूचनामा उल्लेख गरेको छ ।
साथै, राष्ट्र बैंकले उक्त कम्पनीसँग ग्राहकको लेनदेन भए ३० दिनभित्र मिलाउन निर्देशन दिएको छ । यस कम्पनीले भुक्तानी सेवा प्रदायकको रुपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस