नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन्।
मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा ऐन २०७९ को दफा ८ को उपदफा (९क) बमोजिम आगामी चार बर्षको लागि बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । सरकारले अध्यक्ष छनौट समितिले सिफारिस गरेका तीन जना मध्येबाट ओझालाई अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारले गत पुस २६ गते सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको थियो । कूल १२ जनाको आवेदन परेकामा पाँच जनाको नाम सर्टलिष्टमा परेको थियो । पाँच जनाको सर्टलिष्टमा परेका चिरञ्जीवी चापागाई, कमल प्रसाद रेग्मी, डा. दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझासँग प्रस्तुतिकरण लिई पाँच जना मध्येबाट तीन जनाको नाम छनौट गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस