Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको विद्युत् प्रवाहमा साना आयोजनाको योगदान बढी

मंगलबार, २५ पुस २०७४, ११ : १९ मा प्रकाशित

नेपालको विद्युत् प्रवाहमा साना आयोजनाको योगदान बढी

अर्थ संसार, काठमाडौँ – नेपालको विद्युत् प्रणालीमा ठूला भन्दा साना जलविद्युत् आयोजनाको योगदान बढी रहेको पाइएको छ ।

आपतको समयमा सानो सानो शक्ति प्रयोग गरेर भएपनि ठूलो काम गर्न सकिने अवस्था रहेको छ ।

प्राधिकरणको केन्द्रीय प्रणालीमा जोडिएका विविभन्न आयोजना मध्ये १० मेगावाट भन्दा कम क्षमताका आयोजनाका कारण बढी प्रभावकारिता देखिएको हो ।

ठूला आयोजनाको तुलनामा साना आयोजनाको प्रभावकारिता बढी देखिएको प्राधिकरणले जनाएको छ ।

हाल प्राधिकरणको प्रणालीमा  ८७  आयोजना जोडिएका छन् ।

ती मध्ये ६७ आयोजना १० मेगावाटभन्दा साना छन् । हाल ती आयोजनाको क्षमता  ९९३ मेगावाट रहेको छ । त्यसमा साना आयोजनाको हिस्सा २७४ मेगावाट रहेको छ ।

प्राधिकरणकाअनुसार  १० मेगावाट भन्दा ठूला २० आयोजनाबाट ७४६ मेगावाट विद्युत् उत्पादन भइरहेको भइरहेको छ ।

 सानामध्ये ७ आयोजना प्राधिकरणको स्वामित्वमा रहेको छ  भने बाँकी निजी क्षेत्रका हुन् । साना आयोजना बनाएर राष्ट्रिय रुपमा योगदान पुर्याउनेमा अपि पावर पनि एक हो ।

प्राधिकरणकाअनुसार साना आयोजना पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा बढी रहेका छन् । मध्य तथा सुदूरपश्चिममा थोरैमात्र आयोजना निर्माण भएका छन् ।

 निजी क्षेत्रले निर्माण गरिरहेका तीन हजार ५०० मेगावाट क्षमताका आयोजना मध्ये १० मेगावाट भन्दा कमका ८९ आयोजना छन् । ती आयोजना केही वर्षभित्रै निर्माण सम्पन्न हुन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको