Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, ०८ : ३२ मा प्रकाशित

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम मौका

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिन आज फागुन २१ गते अन्तिम दिन रहेको छ। लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो, जसमा इच्छुक लगानीकर्ताले आजभित्र आवेदन दिनुपर्नेछ।

कति सेयर बिक्रीमा ?

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ। यस अन्तर्गत १ लाख ९५ हजार ७७३ कित्ता सेयर सार्वजनिक बिक्रीका लागि खुला गरिएको हो।

चुक्ता पुँजीमा कस्तो प्रभाव?

हाल लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि पुँजी बढेर ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

कसरी आवेदन दिन सकिन्छ?

एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। एफपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्लेटफर्म बाट आवेदन दिन सक्छन्।

लघुवित्तको रेटिङ के छ?

इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको