Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी संसदमा ट्रम्पको आक्रामक सम्बोधन: १० मुख्य बुँदाहरू

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, २० : ३९ मा प्रकाशित

अमेरिकी संसदमा ट्रम्पको आक्रामक सम्बोधन: १० मुख्य बुँदाहरू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा संसदको संयुक्त बैठकलाई ट्रम्पले पहिलो पटक गरेको सम्बोधन लगभग दुई घण्टासम्म चलेको थियो ।

यस सम्बोधनमा ट्रम्पले आफुले कार्यभार सम्हालेपछि गरेका प्रमुख कामको विवरण जानकारी गराएका थिए भने आफ्नो सरकारले अब गर्ने कामको बारेमा समेत बताएका थिए । यस अवधिमा ट्रम्प पुर्व सरकार र डेमोक्रेटिक पार्टीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए ।      

ट्रम्पको सम्बोधनका मुख्य १० बुँदाहरू यस प्रकार छन्:

१. डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीति, कर, युक्रेन र कानून व्यवस्था लगायत आफ्ना धेरै मनपर्ने विषयहरूमा बोले ।

२. उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट अमेरिकासँग खनिज सम्झौताको लागि तयार रहेको संकेत गर्ने पत्र प्राप्त गरेको बताए । गत हप्ता, ओभल अफिसमा दुई नेताहरू बीच चर्को आदानप्रदान भएपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता स्थगित गरेको थियो ।

३-ट्रम्पले अमेरिकी अर्थतन्त्र केही कठिनाइहरूबाट गुज्रने बताए, किनकी उनको प्रशासनले क्यानडा, मेक्सिको, चीन र अन्य देशहरूबाट आउने सामानहरूमा शुल्क लगाउनेछ । उनले यसलाई संक्रमणकालीन अवधि भने ।

४. ट्रम्पले ग्रिनल्याण्ड अमेरिकामा सामेल हुने कुरा दोहोर्‍याए र उनको प्रशासनले यो कुनै न कुनै रूपमा सम्भव बनाउन कडा परिश्रम गरिरहेको बताए ।

५. ट्रम्पको भाषणको क्रममा, उपराष्ट्रपति र सभामुख सहित सबै रिपब्लिकन सदस्यहरू उभिएर ताली बजाइरहेका थिए र प्रत्येक घोषणा पछि नारा लगाइरहेका थिए, डेमोक्र्याटिक सदस्यहरू प्लेकार्डहरू लिएर विरोध गरिरहेका थिए । ट्रम्पले भाषण सुरु गर्ने बित्तिकै विरोधमा उभिएका र आफ्नो सिटमा बस्न अस्वीकार गरेका डेमोक्र्याटिक सांसद अल ग्रीनलाई रिपब्लिकन सभामुखले सदनबाट बाहिर निकाले ।

६. ट्रम्पको भाषण सकिनुअघि नै केही डेमोक्र्याटिक सदस्यहरू सदनबाट बाहिरिए, विशेष गरी जब ट्रम्पले युक्रेनको मुद्दा उठाए ।

७. ट्रम्पले अप्रिल २ देखि भारत लगायत अन्य देशहरूमा पारस्परिक भन्सार लगाउने घोषणा गरे । उनले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरे ।

८. राष्ट्रपति चुनाव अभियानको क्रममा पेन्सिलभेनियाको बटलरमा भएको एक र्‍यालीमा ट्रम्पले आफूमाथि भएको आक्रमणको पनि उल्लेख गरे ।

९. ट्रम्पले अमेरिकामा अण्डाको बढ्दो मूल्यको उल्लेख गर्दै मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गर्ने बताए ।

१०. ट्रम्पकी श्रीमती र छोरीहरू र राष्ट्रपतिका नजिकका सहयोगी, अर्बपति एलन मस्क पनि सदनको कार्यवाहीको क्रममा आगन्तुक ग्यालरीमा उपस्थित थिए । यस क्रममा मस्कले मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने ट्रम्पको कुराको प्रशंसा गरेका थिए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको