Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ५ अर्बले बढ्यो बैंकिङ निक्षेप, कर्जा लगानी कति ?

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १२ : २७ मा प्रकाशित

एकैदिन ५ अर्बले बढ्यो बैंकिङ निक्षेप, कर्जा लगानी कति ?

बैंकको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ। फागुन २० गते र २१  गतेको केन्द्रीय बैंककाे तथ्यांकले बैंकिङ निक्षेप बढेको देखाएको हो ।

फागुन २० गते ६७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समय वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि पाँच अर्बकै वृद्धि देखिएको छ । 

२० गते ६० अर्ब १५ रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले भाेलिपल्ट ६० खर्ब २० अर्ब रुपैयाँ संकलन गरेका छन् । 

समीक्षा अवधिमा कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन ५४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूबाट अघिल्लो ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह २१ गते ४८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९.५४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको