साउन महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।
नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै अधिकांश बैंकहरूले पनि ब्याजदर घटाएका हुन्। नयाँ मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशतमा र स्थायी निक्षेप संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेपछि बैंकहरूले पनि ब्याजदर घटाएका हुन्।
कुनको कति ?
साउन महिनाको लागि ब्याजदर घटाउने बैंकहरूमध्ये नेपाल बैंकले ५.४०%, कृषि विकास बैंकले ५.४०%, लक्ष्मी सनराइज बैंकले ५.५०%, प्रभु बैंकले ४.२५%, सिटिजन्स बैंकले ५.५०%, एभरेष्ट बैंकले ६.२५%, कुमारी बैंकले ५.४१%, प्राइम बैंकले ६.००%, राष्ट्रिय वाणिज्य बैंकले ५.५०% र नेपाल एसबीआई बैंकले ५.३५% ब्याज दर कायम गरेका छन्। असार महिनामा यी बैंकहरूका ब्याजदर क्रमशः ५.४५% देखि ६.५५% सम्म थिए।
साउन महिनामा ब्याजदर बढाउने बैंकहरूमा हिमालयन बैंक र सानिमा बैंक रहेका छन्। हिमालयन बैंकले ५.५०% बाट ६.००% र सानिमा बैंकले ६.३३% बाट ६.५०% ब्याजदर वृद्धि गरेका छन्।
साउन महिनामा ब्याजदर स्थिर राख्ने बैंकहरूमध्ये माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। यी बैंकहरूले साउनमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस