Like us!
Follow us!
Connect us!
Watch us!

आंशिक शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै बैंक

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, ११ : २७ मा प्रकाशित

आंशिक शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै बैंक

आज अर्थात् भदौ २७ गते, वाणिज्य बैंक र वित्तीय संस्थाहरूले आंशिक रूपमा आफ्ना शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। हाल देशको अवस्था पूर्ण रूपमा सामान्य नभए पनि, ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्।

नेपाल बैंकर्स एशोसिएसनको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा रहनेछन्। सोहीअनुसार बैंकहरूले सेवा दिन सुरु गरेका छन्। साथै, बैंकहरूले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा प्रयोग गर्न ग्राहकहरूलाई अनुरोध गरेका छन्।

उपत्यका बाहिर रहेका शाखाहरू भने स्थानीय सुरक्षा अवस्था र सुरक्ष निकायहरूसँगको समन्वयमा मात्र सञ्चालन गरिने जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको