Like us!
Follow us!
Connect us!
Watch us!

साझाका ३१ वटा गाडीको प्रदूषण जाँच गर्दा १२ वटा फेल

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १४ : ४८ मा प्रकाशित

साझाका ३१ वटा गाडीको प्रदूषण जाँच गर्दा १२ वटा फेल

काठमाडौं महानगरपालिकाले साझा यातायातका ३१ वटा गाडीको प्रदुषण जाँच गरेको छ । आइतबार गरेको जाँचमा साझा यातायातका ३१ मध्ये १२ वटा साधन प्रदुषणमा फेल भएका हुन् ।

महानगरले पछिल्लो समयमा राजधानीमा सञ्चालनमा आएका सवारी साधनको प्रदुषण चेक जाँच गर्दै आएको छ । सोही क्रममा महानगरले साझाको मुख्यालयमा नै गएर ३१ सवारी साधनको चेकजाँच गरेको हो ।

ट्राफिक प्रहरीको सहकार्यमा सवारी साधहरुको चेकजाँज गर्दै आएको छ । महानगरले यसअघि गरेको सर्वाधिक ५९९ सवारी साधन चेकजाँचमा ५८ प्रतिशतमा प्रदुषण फेल भएको पाइएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको