Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाले खुलायो कक्षा ११ र १२ को छात्रवृत्ति लागि अनलाइन आवेदन

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १० : ३६ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले खुलायो कक्षा ११ र १२ को छात्रवृत्ति लागि अनलाइन आवेदन

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि संस्थागत (निजी) विद्यालयमा प्रदान गरिने छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ।

महानगरको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति उपलब्ध गराइने जनाएको हो। इच्छुक विद्यार्थीहरूले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

महानगरपालिकाका अनुसार विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी वेबसाइटमा उपलब्ध छ। छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित हुनेछ, जसमा १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने शिक्षा विभागले जनाएको छ।

महानगरपालिकाले शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार, गत शैक्षिक सत्र (२०८२) मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका थिए । कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले यो सुविधा पाएकोमा गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको