काठमाडौं महानगरपालिकाले सडकमा हिलो तथा माटो खसालेर सार्वजनिक स्थान फोहोर बनाएको आरोपमा एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरका अनुसार काठमाडौं महानगरपालिका–१ नक्साल क्षेत्रमा निर्माण सामग्री ढुवानी गर्ने क्रममा सडकमा माटो र हिलो फैलिएको थियो । ना २ ख ४२८ नम्बरको सवारीमार्फत सामग्री ओसारपसार गर्दा सडक तथा सार्वजनिक क्षेत्र प्रदूषित भएको महानगरले जनाएको छ ।
उक्त घटनामा संलग्न कविन्द्र झालाई महानगरले ५० हजार रुपैयाँ नगद जरिवाना गरेको हो ।
महानगरपालिकाले पछिल्लो समय सडक, फुटपाथ र सार्वजनिक स्थलमा फोहोर गर्ने, निर्माण सामग्री अव्यवस्थित रूपमा राख्ने तथा ढुवानीका क्रममा सडक हिलो वा धुलाम्मे बनाउने गतिविधिमाथि कडा निगरानी गर्दै तत्काल कारबाही गरिरहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस