काठमाडौं महानगरपालिका–२९, इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयासमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर ठिमी नगरपालिका–९, बोडेका ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका छन्।
राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो भने महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूले वैशाख १७ गते इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयास गरेका थिए। त्यस क्रममा पसलमा उपस्थित एक महिलाले साहसपूर्वक प्रतिकार गरेपछि उनीहरू भागेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।
यसअघि यही समूहले २१ पुसमा काठमाडौं-२५ मांसान गल्लीमा रहेको होलसेल पसमा यसैगरी पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीसीक्यामेरा समेत लुटेर लगेको पाइएको परिसरले जनाएको छ । पक्राउ परेकाहरुबाट चाइजिज पेस्तोल समेत बरामद भएको छ । पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडाहअरु र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस