Like us!
Follow us!
Connect us!
Watch us!

बैंक नोट छाप्न यी ६ वटा विदेश कम्पनी राष्ट्र बैंकको प्रिक्वालिफिकेसनमा

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १४ : ३२ मा प्रकाशित

बैंक नोट छाप्न यी ६ वटा विदेश कम्पनी राष्ट्र बैंकको प्रिक्वालिफिकेसनमा

नेपाल राष्ट्र बैंकले बैंक नोट छाप्न प्रिक्वालिफिकेसनअन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ।

राष्ट्र बैंकले छनौटमा परेका विदेशी कम्पनीहरुको सूची आज सार्वजनिक गरेको हो । नेपाली बैंक नोटको डिजाइन, मुद्राण र आपूर्तिसम्मको ठेक्का दिने गरी केन्द्रीय बैंकले युद्धग्रस्त रुसको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’ सहित विभिन्न देशका अरु पाँचवटा कम्पनीलाई छानेको छ।

प्रिक्वालिफाइड कम्पनीहरुमा चिनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् ।

नेपाल राष्ट्र बैंकले तोकेको पुर्व योग्यता पुरा गरेका ६ कम्पनीले राष्ट्र बैंकले नोट छपाईका लागि खरिद प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धा गर्न पाउनेछन् । तिमध्ये एक कम्पनीले राष्ट्र बैंकले खरिद प्रस्ताव आह्वान गर्दा नोट छपाईको जिम्मेवारी पाउनेछन् । नोटको डिजाई, प्रिन्टिङ सप्लाई र डलीभरीको लागि खरिद प्रस्ताव आह्वान गरेकोमा आवेदन दिएकामध्ये ६ कम्पनी पूर्व योग्यताको लागि आवेदन पेश गर्नेमध्ये ६ वटा कम्पनी मात्रै योग्य भएको केन्द्रिय बैंकले जनाएको छ । 

नेपाली नोट छपाईको आगामी चरणको लागि १० जनावरी २०२५ मा सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको थियो । उक्त बोलकबोलमा सहभागि कम्पनीहरुमध्येबाट छ वटा योग्य कम्पनीहरु छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको