गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्तमा १ वर्ष काम गरेको वा एसईई पास गरी २ वर्ष काम गरेको हुनु पर्नेछ भने प्रशिक्षार्थी सहायकका लागि एसईई पास गरेको र कम्प्यूटर सम्बन्धी सामान्य ज्ञान भएको हुनु पर्नेछ।
उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्नेछ भने महिलाले ४० वर्ष ननाघेको हुनु पर्नेछ। सवारी साधन र लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छु व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिइसक्नु पर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस