Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, ०८ : १४ मा प्रकाशित

अमेरिकी डलरको मूल्य स्थिर,यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन। 

आज एक अमेरिकी डलरको खरिददर १३८.९० रुपैयाँ र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ, अघिल्लो दिन पनि यही मूल्य कायम भएको थियो।       

त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.१३ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.६५ रुपैयाँ र बिक्रीदर १८०.४२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५६.९० रुपैयाँ र बिक्रीदर १५७.५८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.८३ रुपैयाँ र बिक्रीदर ८८.२१ रुपैयाँ तथा क्यानाडियन डलर एकको खरिददर ९६.६६ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ रहेको छ।

सिङ्गापुर डलर एकको खरिददर १०४.१३ रुपैयाँ र बिक्रीदर १०४.५८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१९ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ तथा कतारी रियाल एकको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.८२ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ तथा स्विडिस क्रोनर एकको खरिददर १३.७० रुपैयाँ र बिक्रीदर १३.७६ रुपैयाँ रहेको छ। त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.२५ रुपैयाँ र बिक्रीदर २०.३४ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.८७ रुपैयाँ र बिक्रीदर १७.९५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.८७ रुपैयाँ र बिक्रीदर ४५२.८२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.४७ रुपैयाँ र बिक्रीदर ३७०.०७ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३६०.७७ रुपैयाँ र बिक्रीदर ३६२.३३ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको