Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, ०८ : २१ मा प्रकाशित

१ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । 

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ।

यस निक्षेपका लागि चैत ५ गते साँझ ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार ३६६ दिनको अवधिका लागि उक्त लगानी चैत १० गतेदेखि सुरु भई आगामी वर्षको चैत ९ गतेसम्म रहनेछ


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको