Like us!
Follow us!
Connect us!
Watch us!

पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षबाट उठाइएका माग सम्बोधन गर्न सरकार तयार छ - गृहमन्त्री

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १३ : ०० मा प्रकाशित

पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षबाट उठाइएका माग सम्बोधन गर्न सरकार तयार छ - गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद सरकारले शान्तिपूर्ण वार्ताबाट समाधान गर्न चाहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले नो केबलकार पक्षसँग वार्ता गर्न गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको बताए । उनले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीयहरूको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

उनले केबलकार निर्माण परियोजनामा संलग्न भएका व्यक्ति र राजनीतिक दलहरूले पनि आज विरोध गरेको भन्दै विगतको आफ्नो भूमिकालाई स्मरण गर्न आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको