Like us!
Follow us!
Connect us!
Watch us!

स्कुलले पाठ्यक्रममा वित्तीय शिक्षा राख्ने प्रयास भइरहेको छ - गभर्नर अधिकारी

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १३ : ३१ मा प्रकाशित

स्कुलले पाठ्यक्रममा वित्तीय शिक्षा राख्ने प्रयास भइरहेको छ - गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकले विद्यालयस्तरको पाठ्यक्रममा वित्तीय शिक्षा जोड्न लागेको बताएको छ ।

राष्ट्र बैंकको आयोजना सुरु भएको ग्लोबल मनी वीक कार्यक्रम उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीले सबै नागरिकको बैंकमा खाता र ति खाता सक्रिय रुपमा चलोस् भनेर नै वित्तीय शिक्षा आवश्यक रहेको बताए । उनले आम्दानीबाट बचत गर्नुपर्ने र आम्दानी हेर मात्रै खर्च गर्नुपर्ने बताए ।

गभर्नर अधिकारीले स्कुलको पाठ्यक्रममा नै वित्तीय शिक्षालाई समावेश गर्ने बारे पाठ्यक्रम विकास केन्द्रसँग छलफल गरिरहेको बताए । सानै उमरदेखि फजुल खर्च, आवश्यकता र चाहनाबीचको भिन्नता छुट्याउन सक्ने बनाउन वित्तीय शिक्षाको उद्देश्य रहेको राष्ट्र बैंक वित्तीय समावेशीकरण तथा ग्राहक संरक्षण महाशाखा प्रमुख हेम प्रसाद न्यौपानेले बताए ।

बालबालिकालाई बचत, वित्तीय आवश्यकता, वित्तीय अनुशासन, वित्तीय लक्ष्य निर्धारण जस्ता आधारभुत पक्षको ज्ञान दिने र भविष्यमा उचित वित्तीय निर्णय लिनसक्ने बनाउन वित्तीय शिक्षा कार्यक्रम प्रभावकारी हुने उनले बताए । प्रभावकारी रुपमा वित्तीय शिक्षा युवा तथा विद्यार्थीमाझ लैजानु पनि ग्लोबल मनि विकको उदेश्य रहेको उनको भनाइ छ । 

ग्लोबल मनि विकको स्थायी नारा लर्न, सेभ एण्ड अर्न हो । यसपटक अन्तराष्ट्रिय रुपमा १३ औं संरकरणको ग्लोबल मनि विक ‘थिंक बिफोर यु फलो, विस मनि टुमरो’ भन्ने नारासहित सोमबारबाट सुरु भएको छ । अर्गनाइजेसन अफ इकोनोमीक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनामा सन् २०१२ देखि विश्वभर ग्लोबल मनि विक मनाउन सुरु भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको