Like us!
Follow us!
Connect us!
Watch us!

IAFS ले किन ल्यायो २ दिने सेयर बजार तालिम? सिईओ युवराज भण्डारी भन्छन् – ‘यो अवसर नगुमाउनुहोस्'

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, ०८ : २३ मा प्रकाशित

IAFS ले किन ल्यायो २ दिने सेयर बजार तालिम? सिईओ  युवराज भण्डारी भन्छन् – ‘यो अवसर नगुमाउनुहोस्'

नेपालको सेयर बजारमा लगानीकर्ताको चासो दिन प्रतिदिन बढ्दै गएको छ। लगानी गर्ने तर सही निर्णय लिन गाह्रो भइरहेका बेला इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीज (IAFS) ले सेयर बजारमा दक्षता हासिल गर्न चाहने लगानीकर्ताहरूका लागि विशेष तालिम सञ्चालन गर्न लागेको छ। यसै सन्दर्भमा हामीले IAFS का CEO युवराज भण्डारी सँग कुराकानी गरेका छौं। भण्डारी इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीज (IAFS) का CEO हुन्। उनले Limkokwing University, Malaysia बाट MBA गरेका छन्। उनी लुम्बिनी इन्टिग्रेटेड एकेडेमिक का निर्देशकसमेत हुन्। साथै, उनलाई करिब ९ वर्षको पूँजी बजार अनुभव छ। उनले नेपालका लगानीकर्तालाई सेयर बजारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न विभिन्न तालिमहरू सञ्चालन गर्दै आएका छन्।

प्रस्तुत छ अर्थसंसारका लागि गरिएको यो कुराकानी 

IAFS ले सेयर बजारमा दक्षता हासिल गर्न चाहने लगानीकर्ताहरूका लागि २ दिने कार्यशाला आयोजना गर्दैछ। यसको मुख्य उद्देश्य के हो?

यो कार्यशालाको मुख्य उद्देश्य लगानीकर्ताहरूलाई बजारको गहिरो ज्ञान प्रदान गर्नु हो। सेयर बजारमा सफल हुन प्राविधिक विश्लेषण, आधारभूत विश्लेषण, र बजारको प्रवृत्ति पहिचान गर्न आवश्यक छ। हाम्रो कार्यशाला लगानीकर्ताहरूलाई उचित ज्ञान प्रदान गरेर आत्मनिर्भर बनाउन केन्द्रित छ।

यो कार्यशाला कस्ता व्यक्तिहरूका लागि उपयुक्त छ? के यो केवल पेशेवर ट्रेडरहरूका लागि मात्र हो?

होइन, यो सबैका लागि हो। हामीले सुरुवाती तथा अग्रिम स्तरका ट्रेडरहरूका लागि विशेष पाठ्यक्रम डिजाइन गरेका छौं। यस कार्यशालाले नयाँ लगानीकर्ता लाई बजारको आधारभूत समझ दिनेछ भने अनुभवी ट्रेडरहरू लाई आफ्नो ज्ञानलाई थप परिष्कृत गर्न मद्दत गर्नेछ। जसले यो कार्यशाला लिन्छ, उसले कुनै पनि बजार परिदृश्यमा सहजै व्यापार गर्न सक्नेछ।

कार्यशाला नि:शुल्क छ कि शुल्क लाग्छ?

हामीले विगतमा धेरै नि:शुल्क सेमिनारहरू सञ्चालन गरिसकेका छौं, जसले हजारौं लगानीकर्तालाई फाइदा पुर्‍याएको छ। तर, विद्यार्थीहरूबाट निरन्तर अनुरोध आइरहेको थियो कि एक यस्तो विशेष सेमिनार होस्, जसमा हरेक सानो विवरण सिकाइनेछ। यही आवश्यकतालाई ध्यानमा राख्दै, हामीले चैत्र ८ र ९ गते ज्ञानेश्वर टावर, काठमाडौंमा २ दिने कार्यशाला आयोजना गरेका हौं। यसको शुल्क रु. ५,००० मात्र रहेको छ।

कार्यशालामा सहभागीहरूलाई के-कस्ता विषयहरूमा प्रशिक्षण दिइनेछ?

यस कार्यशालामा सेयर बजार विश्लेषण, लगानी रणनीति, जोखिम व्यवस्थापन, र वित्तीय लक्ष्य निर्धारण जस्ता महत्वपूर्ण पक्षमा गहन अध्ययन गराइनेछ। कार्यशालामा अनुभवी प्रशिक्षकहरूको टोली रहनेछ, जसमा वरदान गिरी, CFA – सेयर बजार विज्ञ, योगेश दरूका – बजार विश्लेषक, प्रियांशु अग्रवाल (CFA) – प्रबन्ध निर्देशक, सुमेरु सेक्युरिटीज प्रा. लि रहेका छन्। यी सबै प्रशिक्षकहरूले सेयर बजारसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नेछन्।

कार्यशालामा कसरी सहभागी हुन सकिन्छ?

इच्छुक व्यक्तिहरूले IAFS को वेबसाइट https://iafs.com.np/ मा गएर दर्ता गर्न सक्छन्। साथै, [email protected] मा इमेल पठाएर वा ९७६७९८३८८३ नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ।

सेयर बजारमा वित्तीय सचेतनाका लागि IAFS ले अन्य के-कस्ता प्रयासहरू गरिरहेको छ?

 हामी सेयर बजारको सही जानकारी आम नागरिकसम्म पुर्‍याउने लक्ष्य राख्छौं। यसै उद्देश्यले सुमेरु सेक्युरिटीज (ब्रोकरेज नं. ३९) सँगको संयोजनमा नि:शुल्क चेतना कार्यक्रम सञ्चालन गर्दैछौं। यो कार्यक्रमले लगानी रणनीति, जोखिम व्यवस्थापन, र वित्तीय सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी दिनेछ।


अन्तिम प्रश्न, सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूलाई तपाईंको सुझाव के छ?

सेयर बजारमा सफल हुन धेरै सिक्नुहोस्, नियमित रूपमा बजारको अध्ययन गर्नुहोस्, र छोटो अवधिको भन्दा दीर्घकालीन लगानी रणनीति अपनाउनुहोस्। जसले अध्ययन गरेर लगानी गर्छ, उसले सफलताको बाटो भेट्छ। हाम्रो कार्यशालाले लगानीकर्ताहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको