Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा चासो राख्नेहरूका लागि IAFS ले निःशुल्क प्रशिक्षणको आयोजना गर्ने

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ०७ : ५७ मा प्रकाशित

सेयर बजारमा चासो राख्नेहरूका लागि IAFS ले निःशुल्क प्रशिक्षणको आयोजना गर्ने

इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिज (IAFS) ले सेयर बजारमा चासो राख्ने व्यक्ति तथा लगानीकर्ताहरूका लागि निःशुल्क प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम २०८२ साल जेठ २३ गते, शुक्रबारका दिन सञ्चालन हुनेछ।

IAFS को यो पहलले नयाँ लगानीकर्तालाई सेयर बजारको आधारभूत जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ। प्रशिक्षणमा सहभागीले सेयर बजार कसरी काम गर्छ, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, जोखिम व्यवस्थापन, प्रवृत्तिहरूको विश्लेषण लगायतका विषयमा व्यावसायिक जानकारी पाउनेछन्।

कार्यक्रम काठमाडौंको ज्ञानेश्वर टावरमा आयोजना हुनेछ। आयोजकले सिट संख्या सीमित भएकाले समयमै दर्ता गर्न आग्रह गरेको छ। प्रशिक्षणमा सहभागी हुन चाहनेहरूले +९७७ ९७६७९८३८८३ मा सम्पर्क गरेर जानकारी लिन वा दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्।

IAFS ले वित्तीय शिक्षा र सचेत लगानी संस्कार विस्तारका लागि निरन्तर रुपमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ। यस पटकको प्रशिक्षण पनि निःशुल्क रुपमा खुला गरिए तापनि स्थान सीमित भएकाले इच्छुक व्यक्तिहरूले ढिला नगरी दर्ता गर्न सुझाव दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको