Like us!
Follow us!
Connect us!
Watch us!

२५ करोड रकमसहित पक्राउ परेका लामा भरियामात्र, सुन तस्करीमा यसअघि पनि परेका थिए जेल

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १४ : ५२ मा प्रकाशित

२५ करोड रकमसहित पक्राउ परेका लामा भरियामात्र, सुन तस्करीमा यसअघि पनि परेका थिए जेल

प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त ट्रक टोखाको झोरबाट प्रहरीले बरामद गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी यसअघि नै ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ ।  लामा भरियाको रुपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको