Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलले गाजामा गर्यो भीषण आक्रमण, ३२६ जना भन्दा बढीको मृत्यु

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १६ : ३३ मा प्रकाशित

इजरायलले गाजामा गर्यो भीषण आक्रमण, ३२६ जना भन्दा बढीको मृत्यु

इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले कयौं घाइतेहरू अझैपनि भग्नावशेषमुनि भएकाले यो संख्या थप बढ्न सक्ने उल्लेख गरेका छन्।  मंगलबार इजरायलले गागा क्षेत्रभरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल-बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको अलजजिराले जनाएको छ ।

 

अलजजिराका अनुसार मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ। साथै हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको देखाइएको छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको