पश्चिम एशियामा भड्किएको युद्धलाई तत्काल रोक्ने पहल स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार Truth Social मा चकित पार्ने शैलीमा इरान–इजरायल युद्धविरामको घोषणा गरेका छन्। यस युद्धविराममा इजरायलले सशर्त सहमति जनाएको छ भने इरानले पनि कुनै नयाँ हमला नगर्ने संकेत दिएको छ। तर, युद्धविराम कार्यान्वयनका बास्तविक विवरणहरू अझै स्पष्ट छैनन्।
पअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार मध्यराति (ईस्टर्न टाइम अनुसार) देखि २४ घण्टे चरणबद्ध युद्धविराम सुरु हुने बताएका छन्। यस अवधिमा दुबै पक्षले चलिरहेका सैन्य कारवाहीहरू “पूर्ण रूपमा समाप्त” गर्नुपर्ने शर्त राखिएको छ। ट्रम्पले यसलाई “Official END” को सुरुवात भनेका छन्।
ह्वाइट हाउस अधिकारीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पसँगको टेलिफोन संवादमा युद्धविराममा सहमत भएको पुष्टि गरे पनि त्यो इरानले थप हमला नगरेसम्म मात्रै लागु हुने शर्त राखिएको छ।
इजरायली सेनाले सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेकाले यो युद्धविरामको स्थायित्वमाथि अझै प्रश्नचिन्ह रहेको देखिन्छ।
इरानले प्रत्यक्ष रूपमा युद्धविरामको घोषणा नगरे पनि विदेशमन्त्री अब्बास अर्घचीले भनेका छन्, "इरान तनाव बढाउन चाहँदैन तर यदि अमेरिकाले पुनः आक्रमण ग¥यो भने जवाफ दिन तयार छौँ।" यससँगै तेहरान र अन्य शहरहरूमा शक्तिशाली विस्फोट भएको समाचार इरानी मिडियाले जनाएको छ।
राष्ट्रपति ट्रम्पको सहकार्यमा उपराष्ट्रपति JD Vance, सिनेटर मार्को रुबियो, र विशेष दूत स्टीभ विटकफ ले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष वार्ता गरेका थिए। ट्रम्पले सोमबार दिनभर 'फोन डिप्लोमेसी'मार्फत दुबै पक्षसँग निरन्तर संवाद राखेको ह्वाइट हाउसले जनाएको छ।
यो घोषणाको केही घण्टा अघिमात्रै इरानले कतारको अल उदीद एयर बेस (जहाँ अमेरिकी सेनाको मध्यपूर्वीय कमान्ड केन्द्र रहेको छ) मा मिसाइल आक्रमण गरेको थियो। कतारका अनुसार उक्त मिसाइल आक्रमणलाई रोकिएको थियो र बेस पहिले नै खाली गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस