नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेसँगै आज मूल्य रेकर्डमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७६ हजारमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २ सय कायम भएको थियो ।
त्यसैगरी, आज एक तोला चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस