Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोडको भरियाको होइन मालिक समातेर देखाउनूस्

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १५ : २४ मा प्रकाशित

सरकारलाई अमरेशकुमारको चुनौती- २५ करोडको भरियाको होइन मालिक समातेर देखाउनूस्

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विगतदेखि नै भरिया मात्रै समात्दै आइरहेको बताए।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा टोखाको झोरबाट बरामद भएको २५ करोडको प्रसंगमा सांसद सिंहले भने, ‘जहिले पनि हामी भरिया समात्छौँ, मालिक समात्दैनौं। सभामुखमार्फत् सरकारकालाई मेरो अनुरोध छ– मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन।’

उनले विभिन्न समयमा ठूलो परिमाणमा तस्करीको सुन पक्राउ पर्ने गरेको भए पनि त्यसको अध्ययन प्रतिवेदन गुपचुप राख्ने गरिएको भन्दै आपत्ति जनाए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको