Like us!
Follow us!
Connect us!
Watch us!

ऋण नतिर्ने ऋणीको सङ्ख्या निरन्तर उकालो,चालु आवमा मात्रै ३७ हजार ५ सय ऋणी कालोसूचीमा

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, १२ : ४९ मा प्रकाशित

ऋण नतिर्ने ऋणीको सङ्ख्या निरन्तर उकालो,चालु आवमा मात्रै ३७ हजार ५ सय ऋणी कालोसूचीमा

बैंकहरूबाट ऋण लिएर समयमा साँवा ब्याज नतिर्नेहरूको संख्या बढ्दै गएको छ ।

चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्रै बैंकहरूबाट ऋण लिएर समयमा नतिर्ने ३७ हजार ५ सय २३ ऋणी कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्रले २०४६ सालदेखि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रकम लिनेहरूमध्ये समयमा नतिर्नेको नाम कालो सूचीमा राख्न थालेको हो । सुरुका वर्षमा कालो सूचीमा पर्नेहरूको संख्या निकै कम थियाे । यस साल एक ऋणी कालोसूचीमा परेका थिए । यस वर्ष बाँसबारी छाला जुत्ता उद्योग कालोसूचीमा परेको थियो । त्यसयता २०८१ फागुन २५ गतेसम्म १ लाख १० हजार भन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । पछिल्ला वर्षहरूमा कालाे सूचीमा पर्नेकाे संख्यासँगै निष्कृय कर्जा र चेक बाउन्स रकम पनि बढेको छ । 

पछिल्ला साढे ६ वर्षमा १ लाख ५ हजार ६ सय ऋणी कालोसूचीमा परेका हुन् ।

आर्थिक वर्षअनुसार कालो सूचीमा पर्ने ऋणीको संख्या:

यसरी पर्छन् कालो सूचीमा

कुनै पनि बैंक वा वित्तीय संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा सुविधाको विवरण कर्जा सूचना केन्द्रलाई जानकारी गराउनुपर्छ । यसैगरी ९० दिनभन्दा बढी अवधिले भाका नाघेका सम्पूर्ण कर्जा सुविधाको विवरण र दश लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालो सूचीमा राख्न तोकिएको अवधिभित्र केन्द्रलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सो बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध विवरणकै आधारमा केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ ।

लघुवित्त वित्तीय संस्थाहरुको हकमा भने ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालो सूचीमा राख्न पठाउने व्यवस्था छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालो सूचीमा राख्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको