Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र टर्की राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइबारे छलफल

अर्थ संसार

शुक्रबार, ०८ चैत्र २०८१, १० : ५९ मा प्रकाशित

प्रधानमन्त्री ओली र टर्की राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेचेप तय्यिप एर्दोगानसँग टेलिफोन संवाद गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गर्न अनुरोध गरेका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट राष्ट्रपति एर्दोगानसँग संवाद गर्दै विपिन जोशीको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्। जवाफमा राष्ट्रपति एर्दोगानले उक्त विषयलाई गम्भीर चासोका रूपमा लिएर आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। साथै, उनले जोशीको अवस्थाबारे परिवार र नेपाली समाजलाई जानकारी गराउन आग्रह गरेका छन्।

यसअघि, गत फागुन २७ गते प्रधानमन्त्री ओलीले जोशीको रिहाइका लागि इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन संवाद गरेका थिए। जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए।

प्रधानमन्त्री ओली र राष्ट्रपति एर्दोगानबीचको संवादमा आर्थिक, विज्ञान तथा प्रविधिका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। साथै, आगामी अप्रिलमा टर्कीमा आयोजना हुने कूटनीतिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई दिइएको निमन्त्रणाबारे पनि स्मरण गराइएको छ।

नेपाली विद्यार्थीको सुरक्षित रिहाइका लागि कूटनीतिक पहललाई तीव्र बनाइएको भए पनि अहिलेसम्म ठोस नतिजा आउन नसकेको भन्दै चासो बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको