Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको आग्रह- स्वदेशी वस्तुको प्रयोगमा वृद्धि गर्नुस्

अर्थ संसार

शुक्रबार, ०८ चैत्र २०८१, १४ : ४० मा प्रकाशित

प्रधानमन्त्रीको आग्रह- स्वदेशी वस्तुको प्रयोगमा वृद्धि गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् ।

शुक्रबार नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे । 

उनले भने, ‘राष्ट्रिय उत्पादन र प्रयोगमा हामीले जोड दिनुपर्छ । देशलाई आत्मनिर्भर बनाउनुपर्छ । कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिएर अघि बढ्नुपर्छ ।’ यस्तै, उनले पछिल्लो समय उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेकोले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताए ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको