Like us!
Follow us!
Connect us!
Watch us!

तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटलाई सरकारले वैधानिकता दियो - केपी ओली

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १७ : ०० मा प्रकाशित

तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटलाई सरकारले वैधानिकता दियो - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भदौ २३ र २४ गते भएका तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले नै वैधानिकता दिएको आरोप लगाएका छन्।

पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विभिन्न शक्तिहरूले आफूलाई संवैधानिक रूपमा ढाल्न नसकेपछि उपद्रवको बाटो रोजेको बताए। ओलीले आफूले शिक्षा, स्वास्थ्य र खेलकुद लगायतका क्षेत्रलाई अगाडि बढाउने प्रयास गर्दा विरोधीहरूलाई सह्य नभएको र त्यही कारणले आफूलाई सरकारबाट हटाइएको जिकिर समेत गरे।

उनले भने, ‘हामीले देशलाई अगाडि बढाउन खोज्यौँ। भुईँचालोले ध्वस्त पार्‍यो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ। विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले, तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो सम्हाते, त्यसलाई वैधानिकता दिने काम भएको छ।’

उनले देशलाई फेरि शान्तिपूर्ण, भयमुक्त, साँच्चै सबै जनताले न्याय पाउने, सबै जनतालाई न्याय प्राप्त हुने प्रणालीबाट अघि बढाउने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको