आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको हो । शुक्रबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस