ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर चैत ४ गते बाँडफाँट गरिएको हो ।
लिलामी प्रक्रियामा सहभागी भएकामध्ये न्यूनतम २६६ रुपैयाँ २० पैसाको बोलपत्र पेश गर्ने आवेदकले सेयर प्राप्त गरेका छन्।
यसअघि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो, तर मागअनुसार सम्पूर्ण सेयर बिक्री हुन नसकेपछि बाँकी सेयर लिलामीमार्फत बिक्री गरिएको थियो।
आवेदकहरुको बाँडफाँटमा नपरेको सेयर वापतको रकम चैत ११ गते सोमबारदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस