Like us!
Follow us!
Connect us!
Watch us!

३६ वर्ष पुरानो सम्बन्धको खुलासापछि आइसल्यान्डकी मन्त्रीको राजीनामा!

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, ०८ : ०४ मा प्रकाशित

३६ वर्ष पुरानो सम्बन्धको खुलासापछि आइसल्यान्डकी मन्त्रीको राजीनामा!

आइसल्याण्डकी मन्त्री अस्थिल्डुर लोआ थोर्सडोटिरले आफ्नो पदबाट राजीनामा दिनु परेको छ ।

यसको राजिनामाका पछाडी एक २२ वर्षको उमेरमा अवैध सम्बन्ध भएको केटाको कारण थियो । मन्त्रीले २३ बर्षको उमेरमा गर्भवती भइन् र गोप्य बच्चालाई जन्म दिइन्।

यो ३६ वर्षअघि २२ वर्षको उमेरमा मन्त्री अस्टिल्डर लोआ थोर्सडोटिरको आफूभन्दा कान्छो केटासँग सम्बन्ध भएको थियो । २३ वर्षको उमेरमा उनले बच्चा जन्माएकी थिइन् । यो खुलासापछि अहिले ५८ वर्षीय मन्त्री थोरासदोत्तिरले पदबाट राजीनामा दिएकी छिन ।

मिडिया रिपोर्टका अनुसार मन्त्रीसँग सम्बन्ध राख्ने केटाको नाम एरिकुर अस्मुन्डसन हो। एरिकुर अस्मुन्डसनले आरोप लगाए कि उनले आफ्नो छोरालाई भेट्ने प्रयास गरेका थिए तर थोर्सडोटिरले उनलाई भेट्न दिएनन्। छोराको जन्म हुँदा उनी पनि अस्पतालमै थिए । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न भने सकेन ।

मन्त्री थोर्सडोटिरले एरिकुर आस्मन्डसनको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन । उनले आफू पहिलेको जस्तो नरहेको र अहिले कुरालाई फरक ढंगले लिन्छिन् भन्दै आफ्नो बचाउ गरेकी छिन् । यो पहिलेको समय भएको भए, सायद उनले परिस्थितिलाई फरक तरिकाले ह्यान्डल गर्ने थिए तर धेरै समय बितिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको