Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १० : ३३ मा प्रकाशित

मातृभूमि लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख २ गतेका लागि सभा बोलाएको हो ।  

कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वे एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

छलफलका विषयहरू :

सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गर्ने भएको छ। यसको आधारमा चैत २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको