Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिन कुलमानलाई हटाइयो - सांसद बस्नेत

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १३ : ०६ मा प्रकाशित

विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिन कुलमानलाई हटाइयो  - सांसद बस्नेत

नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणलाई  बिचौलियाको हातमा सुम्पिने उद्देश्यले  कुलमान घिसिङलाई बर्खास्त गरेको बताएको छ । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व ऊर्जामन्त्रीसमेत रहेका माओवादी सांसद शक्ति बस्नेतले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्नलाई घिसिङलाई बर्खास्त गरेको बताएका हुन् ।

उनले राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।

बस्नेतले भने, ‘कुलमान आएपछि लोडसेडिङको अन्त्य भएको तथ्यले देखाउँछ । अहिले ९९ प्रतिशत जनताले विद्युतको पहुँच पाएका छन् । पहिले वर्षायाम्मा समेत भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था थियो । विगत तीन वर्षदेखि विद्युत निर्यात गरिरहेको छ । बंगलादेशलाई पनि निर्यात सुरू गरिएको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको