Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदी धितो राखेर बैंकहरुले दिए ६३ अर्ब ८७ करोड कर्जा, नेपाल बैंक र आरबिबि अग्रस्थानमा

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १२ : १२ मा प्रकाशित

सुनचाँदी धितो राखेर बैंकहरुले दिए ६३ अर्ब ८७ करोड कर्जा, नेपाल बैंक र आरबिबि अग्रस्थानमा

बैंक तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

एक वर्षमा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ३१.६४ प्रतिशतले बढेको हो । 

२०८० माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।  बैंकहरुले सुनको बजार मूल्यका आधारमा नियम अनुसार धितो मूल्यांकन गरेर ग्राहकहरुलाई कर्जा दिने गर्दछन् ।  एक वर्षको अवधिमा ४ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने १० वटा बैंकको बढेको छ । यसअवधिमा ६ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् । 

पछिल्लो समय नेपालको सुनको मूल्य आकाशिएको छ । सरकारले सुनको आयातमा लाग्ने कर घटाएपछि सुन मूल्य घट्ने आकलन गरिएको थियो । तर सुनको मूल्य पुन: बढ्न थालेको छ । सुनको मूल्य बढेसँगै सुन–चाँदी धितोमा राखी कर्जा लिनेको संख्या पनि बढेको हो । 

सबैभन्दा धेरै कर्जा दिनेमा कुन-कुन ? 

यसअवधिमा सबैभन्दा धेरै सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गर्नेमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

नेपाल बैंक  - २८ अर्ब ५६ करोड

राष्ट्रिय वाणिज्य बैंक – २३ अर्ब ५७ करोड 

 कुन बैंकले गरेनन् यो शिर्षकमा कर्जा प्रवाह

यसअवधिमा हिमालयन, स्टान्डर्ड चाटर्ड, नेपाल एसबीआई र एभरेष्ट बैंकले भने यो शीर्षकमा कुनै कर्जा प्रवाह नगरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै , ग्लोबल आइएमई बैंक र सानिमा बैंकले पनि यो शीर्षकमा कुनै कर्जा प्रवाह गरेका छैनन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको