काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फोहोर गरेको आरोपमा ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, जब जरिवानाको पत्र लिएर महानगर प्रहरी निर्मल निवास पुग्यो, त्यहाँबाट सो पत्र अस्वीकार गर्दै टोलीलाई नै फर्काइयो!
गत शुक्रबारको प्रदर्शनपछि सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै महानगरले शनिबार नै जरिवाना तोकेको थियो। तर, कार्यालय बिदाको दिनको निर्णयलाई लिएर पनि प्रश्न उठ्न थालेका छन्।
निर्मल निवासको अडानपछि अब महानगरपालिकाले के गर्ने? कानुनी प्रक्रिया अघि बढाइने कि राजनीतिक दबाबका कारण विषय सेलाउने? यस विषयले नयाँ तरंग सिर्जना गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस