Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको एजीएम भोलि, कहिलेसम्म सेयर किन्नले पाउँछन् लाभांश ?

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, १६ : ४० मा प्रकाशित

नेपाल इन्स्योरेन्सको एजीएम भोलि, कहिलेसम्म सेयर किन्नले पाउँछन् लाभांश ?

नेपाल इन्स्योरेन्स कम्पनीले भोलि चैत १९ गते वार्षिक साधारणसभा बस्ने भएको छ ।  सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम रहो सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको