Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर आजबाट बिक्री खुला

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, ०७ : २२ मा प्रकाशित

एनआईसी एशिया बैंकको ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर आजबाट बिक्री खुला

एनआईसी एशिया बैंक लिमिटेडले आज (चैत २५ गते) बाट ५ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

बैंकले प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र जारी गर्दैछ। यसमध्ये ३० लाख कित्ता (६० प्रतिशत) संस्थागत लगानीकर्तालाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। त्यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

नेपाल धितोपत्र बोर्डले चैत १३ गते बैंकलाई उक्त ऋणपत्र जारी गर्न स्वीकृति प्रदान गरिसकेको छ।

 ब्याजदर, अवधि र आवेदन सीमा:

  • ब्याजदर: वार्षिक ७ प्रतिशत

  • अवधि: १० वर्ष

  • न्यूनतम आवेदन: २५ कित्ता

  • अधिकतम आवेदन: २५ लाख कित्ता

सर्वसाधारण लगानीकर्ताले चैत २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन अवधि वैशाख ८ गतेसम्म लम्बिन सक्नेछ।

निष्कासन तथा बिक्री प्रबन्धक:

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको