Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ७% ब्याजदरको डिबेन्चरमा आवेदन दिने म्याद बढ्यो

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, ०७ : ४७ मा प्रकाशित

नबिल बैंकको ७% ब्याजदरको डिबेन्चरमा आवेदन दिने म्याद बढ्यो

नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन दिन सकिने भएको छ। बैंकले आवेदन दिने अवधि थप गरेको हो।

८ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ।

जसअनुसार कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणमा बिक्री खुला गरिएको हो। सर्वसाधारणका लागि छुट्याइएको संख्यामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

यो ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण उपलब्ध कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘ICRA NP Issuer Rating A’ प्रदान गरेको छ। यसले बैंकमा समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त सुरक्षा रहेको संकेत गर्दछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कटौती गरी भुक्तानी गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको