शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्काशन गरिएको ऋणपत्रमा आवेदन दिन आज साउन ४ गते, शुक्रबार, अन्तिम मौका रहेको छ। बैंकले असार ३२ गतेदेखि ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्र बिक्रीमा ल्याएको थियो, जसमा आजको बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि सार्वजनिक निष्काशनमा ल्याइएको यस ऋणपत्रको नाम “शाइन रेसुंगा डिबेन्चर १०%–२०८३” राखिएको छ। ऋणपत्रको अंकित मूल्य प्रतिइकाइ १,००० रुपैयाँ तोकिएको छ। कुल १० लाख इकाइ बराबर १ अर्ब रुपैयाँको ऋणपत्र जारी गरिएको हो।
बैंकले तीमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्ने योजना बनाएको छ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको इकाइमध्ये ५ प्रतिशत अर्थात् २० हजार इकाइ सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ। बाँकी ३ लाख ८० हजार इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ इकाइदेखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाको शाखा, तिनका शाखा कार्यालयहरू वा सीडीएससीको मेरो सेयर प्रणाली प्रयोग गर्न सक्नेछन्।
१० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत निश्चित ब्याज प्रदान गरिनेछ। ऋणपत्र बिक्री प्रबन्धकको रूपमा एनआइएमबी एस क्यापिटल लिमिटेड तोकिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस