Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०८ : १९ मा प्रकाशित

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबीआई बैंक लिमिटेडले जारी गरेको 'नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०' मा आवेदन दिने म्याद आज साउन १५ गते अन्तिम रहेको छ। बैंकले यसअघि असार ३० गतेदेखि ऋणपत्र बिक्री खुला गरेको थियो।

बैंकले कुल ३० लाख इकाइ ऋणपत्र बिक्रीमा ल्याएको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबरको रहेको छ। प्रत्येक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ।

यसमा १८ लाख इकाइ ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गरिएको छ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको हो।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

नेपाल एसबीआई बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यो ऋणपत्र १० वर्षे अवधिको हुने भएकोले दीर्घकालीन स्थिर आम्दानी खोज्ने लगानीकर्ताका लागि उपयुक्त मानिएको छ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत वा सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको