अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा निर्माणका लागि सुझाव मागेको छ ।
नेपाल सरकारको बजेट तथा कार्यक्रम निर्माण प्रक्रिया औपचारिक रुपमा सुरु भएसँगै अर्थले बजेटमा निर्माणका लागि सुझाव मागेको हो ।
अर्थ मन्त्रालयले बजेट तर्जुमा प्रक्रियालाई समावेशी र सहभागी बनाउने उद्देश्यले संघ, संस्था, विज्ञ, बुद्धिजीवी, व्यवसायी, राजनीतिक दल, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई बजेटका लागि सुझाव दिन हार्दिक अनुरोध गरेको छ।
मन्त्रालयले चालु वर्षको चैत २२ गते सूचना प्रकाशित गरी, आगामी वर्षको बजेटमा समावेश गर्न सकिने उपयुक्त नीति, कार्यक्रम र सुझावहरू आगामी वैशाख मसान्तभित्र उपलब्ध गराउन अनुरोध गरेको हो। सुझाव पठाउने प्रक्रिया सरल बनाउँदै मन्त्रालयले नागरिकहरूलाई अनलाइन माध्यमबाट समेत सुझाव दिन सकिने व्यवस्था मिलाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस